www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १७ करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १७ करोड नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ५ लाख २ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड १ लाख १९ हजार ६ सय ४५ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर ११ हजार ८ सय ९७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ लाख ३७ हजार ८१ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्य १५ करोड २ लाख ९६ हजार ५ सय ३१ जना स्वस्थ भएका छन् । गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्य भारतमा सबैभन्दा धेरै १ लाख ७१ हजार ७ सय २६ जना रहेका छन् भने ब्राजिलमा ५० हजार ४ सय ९५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

Batas

यस्तै गत २४ घन्टामा भारतमा सबैभन्दा धेरै ३ हजार ५ सय ६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ब्राजिलमा २ हजार ४ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

एजेन्सी

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.