www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाण्डौँ
ताण्डव न्यूज ।

प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि पुनः निरन्तर हुनेभएको छ ।

संवैधानिक इजलासमा अस्तिदेखि सुनुवाइ सुरु भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले गत बिहीबार १९ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि थप सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थियो ।

Batas

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । गत शुक्रबार न्यायाधीश श्रेष्ठको इजलासमा उपस्थितिप्रति भने कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए । गत फागुन २३ गते एमाले र माओवादी केन्द्रको एकतालाई निवेदकको माग दाबीभन्दा बाहिर गएर निर्णय लिँदा उनको भूमिका भएको भन्दै कानुन व्यवसायीहरूले विरोध जनाएका थिए । वकिलहरूले आज पनि यो विषयलाई प्रमुुखताका साथ उठाउने तयारी गरेका छन् ।

निवर्तमान प्रतिनिधि सभाका १ सय ४६ सदस्यसहितका २६ रिट निवेदन संसद पुनःस्थापन गर्नुपर्ने भन्दै सर्वोच्चमा परेका छन् । प्रतिनिधिसभा पुनःस्थापना गरि नेपालको संविधानको धारा ७६ (५) बमोजिम काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गरि निवर्तमान सांसदले रिट निवेदन दर्ता गरेका छन् भने बाँकी रिट निवेदनमा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनःस्थापनाको माग गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.