www.tandavnews.com
Fact ~ In search of truth

अलविदा ! मेनकाजी गुरुङ

पोखरा
ताण्डव न्यूज ।

मुटुमा समस्या आएपछि उपचाररत रहेका पोखराका संस्कृतिकर्मी मेनकाजी गुरुङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

पोखराको गैह्रापाटनस्थित फिष्टेल अस्पतालमा उपचाररत गुरुङको गएराती निधन भएको पारिवारिक श्रोतले जनाएको छ । हिमाली सांस्कृतिक परिवारका अध्यक्ष समेत रहेका गुरुङलाई यसअघि कोरोना संक्रमण समेत भएको थियो । उनी करिब ३ हप्ताअघिमात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । उनी लामो समयदेखि पोखराको साँस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए ।

Batas

हिमाली सांस्कृतिक परिवारको दशाैँ अधिवेशनबाट गुरुङ पुनः अध्यक्षमा चयन भएका थिए । स्वर्गीय गुरुङका १ छोरा र १ छोरी छन् । यसअघि मेनकाजीकी धर्मपत्नी मीना गुरुङको कोरोना संक्रमणकै कारण गएको वैशाख ३० गते निधन भएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.