पोखरा ।
पोखरा महानगरपालिकाले बलात्कारपछि हत्या गरिएकी श्रेया बिक सुनारको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
पोखरा महानगरपालिका पुम्दी भुम्दी वडा नम्वर २२ मृतक बिकको घरमै पुगेर उनकी आमा वेलकुमारी वि.कलाई महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, नेकपा सचेतक एवं वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल र काँग्रेसका सचेतक एवं वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछानेले संयूक्त रुपमा १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
चेक हस्तान्रतणपछि बोल्दै महागनर प्रमुख जिसीले श्रीयाको हत्याले महानगर स्तब्ध भएको बताउदै दोषी लाई कुनैपनि बहानामा उन्मुक्ति नदिने बताए । क्रुर र अमानवीय हत्या गरिएकाले कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने र त्यसका लागी महानगरपालिकाले सहयोग गर्ने बताए । उनले भने ,१० वर्षिया बालिकाको कुनै दोष थिएन तर उनको हत्या क्रुर र निन्दनीय छ, कुनै बहानामा दोषिलाई छुट हुदैन् ।
उपप्रमुख मञ्जुदेवी गुरुङले श्रीयाको मृत्यु अप्रिय क्रुर र निन्दनीय रहेको बताउदै दोषीलाई कुनै हालतमा छुट नदिइने बताए । निर्दोष बालिकाको हत्या गर्नेलाई कुनै पनि बहानामा छुट दिन नहुने बताउदै घटनाबाट स्तब्ध भएको बताइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले श्रीयाको परिवारसंग दुःखमा सहानुभुति स्वरुप रकम सहयोग गरेको बताए । उनले अवोध बालिकाको हत्या त भयो तर परिवारलाई केही राहत दिनका लागि महानगगरपालिकाले सहयोग गरेको बताए ।
यसैवीच सोही कार्यक्रममा पोखरा २२ पुम्दीभुम्दीको सृजनशिल क्लबका अध्यक्ष झम्कनाथ देवकोटाले श्रीयाका परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे । श्रीयाको असोज ८ गते छिमेकी कुसुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए ।
हत्याका दोषि पौडेललाई जिल्ला अदालतले पुर्पक्षका लागि जेलचलान गरेको छ । पौडेलले रक्सीका खाएको बेला श्रीयाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको अदातलमा बयान दिएका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.