www.tandavnews.com
Fact ~ In search of truth

फिफा विश्वकप छनौटः नेपालले आज ताइपेइसँग प्रतिस्पर्धा गर्दै

काठमाडौ/ताण्डव न्यूज ।

फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेसँग खेल्न लागेको हो ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।

Batas

अलमुताईरीले कुवेतको मौषममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने उल्लेख गरे । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.