www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रालय भन्छः कोभिडको तेस्रो र चौथो लहर आउन सक्छ, बालबाबालिका बढी प्रभावित हुने

पोखरा
ताण्डव न्यूज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९को तेस्रो र चौथो लहर आउन सक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभरका सबै अस्पतालमा २० प्रतिशत शैय्या कोभिड संक्रमित बालबालिकाको लागि राख्न निर्देशन दिएको हो ।

निर्देशन दिँदै मन्त्रालयले भनेको छ,‘ प्रथम लहर र दोश्रो लहरले अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारि प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ । दोश्रो लहर जस्तै पुनः तेश्रो, चौथो लहर आउन सक्ने र त्यसवेला वालवालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तिमा २० % शैया कोभिड १९ संक्रमित वालवालिकाको उपचारमा प्रयोग हुने गरी तयारि अवस्थामा राख्नुहुन अनुरोध छ । साथै वैकल्पिक प्राणवायु अक्सिजन को व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ।’

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.