www.tandavnews.com
Fact ~ In search of truth

तनहुँः संक्रमितलाई परामर्श सेवा दिन स्वास्थ्यकर्मी परिचालन

तनहुँ ।

कोरोना संक्रमण भएर होम आइसोलेशनमा बस्ने संक्रमितलाई परामर्श सेवा दिन तनहुँका स्थानीय तहले प्रयास थालेका छन् । दैनिक रुपमा संक्रमित थपिन थालेपछि जिल्लाका स्थानीय तहले होम आइसोलेशनमा बस्ने संक्रमितको रेखदेख, सामान्य उपचार, परामर्श गर्न र थप उपचारका लागि अस्पतालसम्म लैजान स्वास्थ्य शाखामा समन्वय गर्न प्रयास थालेका हुन् ।

संक्रमितलाई आवश्यक परामर्श सेवा दिनका लागि भिमाद नगरपालिकाले सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको छ । नगरपालिकाले नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । नगरपालिकाले सबै स्वास्थ्यकर्मीलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।

Batas

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा प्रकाश नेपालीलाई आइसोलेशन व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन, अनुगमन, मेडिकल अधिकृत डा अनिमा पराजुलीलाई होम आइसोलेशनमा रहेका संक्रमितको निगरानी र सल्लाह, जनस्वास्थ्य अधिकृत मनुराज बराललाई समग्र व्यवस्थापन, समन्वय, अनुगमन र सिनियर अहेव टुकामणि सिग्देललाई पिसिआर परीक्षण, होम आइसोलेशन अनुगमनको जिम्मेवारी दिइएको छ ।

भानुमती स्वास्थ्यचौकीका सिअहेव जीवन पन्तलाई वडा नं ८, किहुँस्वास्थ्य चौकीका सिअहेव रमेश गैह्रेलाई वडा नं १, अरुणोदय स्वास्थ्यचौकीका अहेव सुमित्रा नेपालीलाई वडा नं २, माझकोट स्वास्थ्यचौकीका अहेव अर्नुनकुमार रसाइलीलाई वडा नं ४ मा, अहेव सञ्जु श्रेष्ठलाई वडा नं ५, अहेव विनिता थापालाई वडा नं ५, एचए कपिल थापालाई वडा न। ९, अहेव विनिता आलेलाई वडा नं ३, अहेव प्रेशा रानालाई वडा नं ४, अहेव विष्णु ठकुरीलाई वडा नं ८ र अहेव सीता बस्याललाई वडा नं १ मा सङ्क्रमितको परामर्शका लागि परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकाले संक्रमितको सहजताका लागि वडास्तरमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी परामर्शका लागि छवटै वडामा स्वास्थ्यकर्मी खटाइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।

गाउँपालिकाले वडा नं १ मा एचए शतिश सदाशङ्कर, वडा नं २ मा एचए विनिता बानियाँ, वडा नं ३ मा एचए शर्मिला गुरुङ, वडा नं ४ मा अहेव सरला अर्याल, वडा नं ५ मा एचए मुकेश शाह र वडा नं ६ मा एचए शुशन थापालाई जिम्मेवारी तोकेको छ । यसैगरी परामर्शका लागि मेडिकल अधिकृत डा. उत्सव देवकोटा र स्वास्थ्य शाखाप्रमुख अगमराज उपाध्यायलाई जिम्मेवारी दिइएको पोख्रेलले जानकारी दिए ।

व्यास नगरपालिकाले पनि वडावडामै स्वास्थ्यकर्मी परिचालन गरेको स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार वडा नं १ मा उषा हड्खले, वडा नं २ मा सुनिल अधिकारी, वडा नं ३ मा रक्षा काफ्ले, वडा नं ४ मा सरोज मिश्र, वडा नं ५ मा उज्ज्वल न्यौपाने, वडा नं ६ रामबहादुर गुरुङ, वडा नं ७ मा मीना लौडारी, वडा नं ८ मा पूजा सोती, वडा नं ९ मा देविन्द्र कार्की, वडा नं १० मा सरिता बोटे, वडा नं ११ मा मिलन सुर्खाली, वडा नं १२ मा हरिशचन्द्र न्यौपाने, वडा नं १३ मा सागर तिवारी र वडा नं ४ मा पप्पु पङ्कज यादवलाई जिम्मेवारी दिइएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.