www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्पा फाउण्डेशनद्वारा सङ्क्रामण तथा सरुवा रोग अस्पताललाई सहयोग

पोखरा ।

स्याङ्पा फाउण्डेशनद्धारा पोखरा ३० मा रहेको सङ्क्रामण तथा सरुवा रोग अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ ।

फाउण्डेशनले अक्सिजन कन्सन्ट्रेटर , मास्क, सेनीटाईजर, पिपिई, फेस सिल्ड लगाएतका गरी गण्डकी प्रदेशका सभासद् इन्द्रधारा विष्टको उपस्थितिमा अस्पतालका प्रमुख डा. विकास गौचनलाई प्रदान गरेको छ । साथै केही स्वास्थ्य समाग्रीहरु माथिल्लो र तल्लो मुस्ताङ र गोरखाका अस्पतालमा समेत त्यहीँबाट पठाउने व्यवस्था गरेको डा. गौचनले बताए ।

Batas

देश भित्रका विभिन्न अस्पतालवाट सहयोग माग भएको हुँदा माग भए वमोजिम स्वास्थ्य सामाग्री प्रदान गरेको फाउण्डेशनका कोषाध्यक्ष अमृत लामाले वताए । लामाले फाउण्डेशनलाई चाइना र हङकङ देखी सहयोग वितरण गर्न लाई स्वास्थ्य सामाग्री आएको र थप आवश्यक भएमा पनी सहयोग वितरण गर्ने वताए ।

फाउण्डेशनले करिव ८ लाखको लागतमा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागी भवन निर्माण समेत अन्तिम चरणमा रहेको उनले वताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.