www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशसभा र जिसस खारेज गरौं : रवि लामिछाने

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विद्यमान प्रदेश संरचना र जिल्ला समन्वय समिति राज्यकोष दोहनको थलो बनेकाे बताएका छन् । हालको संरचनामा आमूल सुधारको आवश्यकता रहेकाे बताउँदै उनले प्रदेश सभा र जिल्ला समन्वय समिति खारेजीको प्रस्ताव गरेका हुन।

संघीयताका तीन तहमध्ये बीचको प्रदेश संरचनालाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकता चरम निराशा रहेको उनले बताए। पार्टीको भेलामा बोल्ने अधिकांशले प्रदेश संरचनाको आलोचना गरेको उनको भनाइ छ ।

लामिछाने भने, ‘प्रदेशको अहिलेको संरचना राज्यकोषको दोहन गरेर दलका नेता व्यवस्थापन गर्ने थलो र भ्रष्टाचारको अखडा मात्र बनाइएको देखिन्छ ।’

Batas

हरेक राजनीतिक पार्टीले जनताको आवाज सुन्नपर्ने भन्दै उनले यथास्थितमा आफ्नो पार्टी प्रदेशको चुनावमा सहभागी नहुने बताउदैँ उनले भने, ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’

आज जारी गरेको भिडियो सन्देशमा उनले भनेका छन्, ‘यथास्थितिमा प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनको हिस्सेदार बन्नुबाहेक अरु केही होइन । अहिलेकै अवस्थामा प्रदेश सभामा पुगेर पनि केही उपलब्धी हुने देखिँदैन ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.