www.tandavnews.com
Fact ~ In search of truth

कास्की : बाढीले सुपरमादी हाईड्रोको लोडर, एक्साभेटर लगायतका मेसिनरी सामान बगायाे, १ अर्ब बढीको क्षति अनुमान

पोखरा
ताण्डव न्यूज ।

अविरल वर्षापछि मादी नदीमा आएको बाढीका कारण कास्कीको मादी गाउँपालिकाको भैँसेस्थित निर्माणाधिन सुपरमादी हाईड्रोपावरका विभिन्न संरचनामा क्षति पुगेको छ ।

बाढीले सुपरमादि हाईड्रो पावर कम्पनी लिमिटेडको हेडवक्स, पावरहाउस, कामदार आवास एरिया लगाएतका ठाउमा ठुलो क्षति भएको कम्पनीका सञ्चालक समितिका धनराज आचार्यले जानकारी दिए । रातिको समयमा हुनाले मानवीय क्षति भने हुन नपाएको उनले बताए ।

Batas

हाईड्रकोका लागि प्रयोग गरिएका लोडर, एक्साभेटर, पेनस्टक पाईप, कर्सर प्लान्ट , आरएमसि प्लान्ट , हेभि जेनेरेटर लगायत पावरहाउस एरियाबाट ठूलो संख्यामा मेसिनरी सामान बाढीले बगाउँदा करिब १ अर्ब बढीको क्षति गरेको अनुमान गरिएको छ । लगातारको वर्षापछि मादी नदिमा आएको बाढीले १ अर्ब बढीको क्षति गरेको हाइड्रोका अध्यक्ष पुष्पज्योती ढुंगाानाले जानकारी दिए ।

लगातारको पानी र बाढीले हाइड्रोमा इलेक्ट्रिक मेकानिकलको मात्रै ३० करोड बढीको क्षति गरेको छ । ढुंगाानाका अनुसार क्षति अझै बढ्न सक्ने अनुमान छ । ४ वटा इस्काभेटर, ४ वटा टिपर, २ वटा ट्रान्जिट मिक्सर, ६ कम्प्रेसर, ४५० टन बढी डन्डी, १० हजार बोरा सिमेन्ट, ३ क्रसर, पावर हाउसको स्ट्रक्चरमा क्षति पुगेको ढुंगाना बताउँछन् । उक्त हाईड्रोमा ७ सय बढी व्यक्तिहरु कार्यरत छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.