www.tandavnews.com
Fact ~ In search of truth

शुक्लागण्डकीमा पाँच योजना छनोट

दमौली ।

लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले एक करोडदेखि तीन करोडसम्मका पाँच योजना छनोट गरी पठाएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । उनका अनुसार छनोट गरी पठाइएका योजनामा फोहरमैला सङ्कलन केन्द्र, बसपार्क निर्माण, वडा नं १ र २ जोड्ने गुबेखोलामा पक्की पुल, वडा नं ६ स्थित तीन खोलेदेवी मन्दिर जाने कुम्ले खोलाको पक्की पुल र वडा नं ८ र ९ जोड्ने सुरौदी खोलामा पक्की पुल रहेका छन् ।

Batas

यसैगरी बैठकले जेठ १२ गतेदेखि आर्थिक वर्ष २०७६÷७७ का लागि वार्षिक योजना तथा बजेट तर्जुमा शुरु गर्ने भएको छ । असार ५ गतेसम्म विभिन्न समितिको बैठक, टोल तथा वडा भेला गर्ने निर्णय भएको छ । असार ९ गते नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने र २३ गते नगरसभा हुनेछ । बैठकले यहाँका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग गरेर नयाँ समिति गठन गर्ने निर्णय समेत गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.