www.tandavnews.com
Fact ~ In search of truth

पहिराले बागलुङ बजारमा खानेपानी अवरुद्ध

बागलुङ ।

ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।

लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिराले बगाएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । सुल्डाँडास्थित ट्याङ्कीछेउ पनि पहिरा खस्दा पाँच पाइपमा क्षति पुगेको छ । बोक्सेलगायत अन्य कैँयन ठाउँमा खानेपानीका पाइपमा क्षति पुगेको जनाइएको छ ।

Batas

“आयोजनामा ठूलो क्षति र अवरोध पुगेको छ, खानेपानीको सहज आपूर्ति हुन हप्ता दिन जति लाग्छ”, प्रबन्धक शर्माले भने । क्षति पुगेका ठाउँमा संस्थाका प्राविधिक र कर्मचारी मर्मतका लागि खटिइसकेको उनको भनाइ छ । पहिराको जोखिमका कारण बागलुङ नगरपालिका–३ मा निर्माणाधीन ‘लिफ्टिङ’ आयोजना पनि प्रभावित बनेको छ ।

शनिबारदेखि जारी वर्षाका कारण जिल्लाभर बाढीपहिराका घटना बढेका छन् । पहिराको जोखिमले दर्जनौँ परिवार विस्थापनमा परेका छन् । कतै धनमाल त कतै पशुचौपाया पहिरामा पुरिएका छन् । विस्थापित छिमेकीकहाँ आश्रय लिइरहेका छन् ।

ठूलादेखि ग्रामीण भेगसम्मका सडक मार्गलाई पहिराले क्षतविक्षत तुल्याएको छ । कालिगण्डकी करिडोरअन्तर्गत मालढुङ्गामा रहेको पक्की पुलमा बाढीले क्षति पु¥याएको छ । त्यसका कारण जिल्लाको दक्षिण भेगसँग सडक सम्पर्क टुटेको छ । खोलानाला बढेकाले पैदल आउजाउ गर्न पनि सहज छैन ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.