www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज संसदमा विश्वासको मत लिने भएका छन् । ७ दिन अघि गण्डकीको मुख्यमन्त्री नियुक्त भएका पोखरेलले आज पूर्वान्ह ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने भएका हुन् ।

प्रदेशका ६० सांसद मध्ये ३१ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ । यी मध्ये सबै सांसदले आज पनि संसदमा विश्वासको मत दिएमा पोखरेल सरकार अघि बढ्न सहज हुनेछ ।

Batas

तर यसअघि मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला पार्टीको ह्विपविपरीत तटस्थ बसेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसद पदबाट बर्खास्त गरेकाले अहिले गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ५९ मा झेरको छ । योसँगै अब बहुमतको संख्या पनि ३० मा झरेको छ ।

यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत जेठ २९ गते पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिईन् ।

यसैबीच बाढीग्रस्त मनाङको अवलोकनका लागि विहिबार त्यसतर्फ पुगेका मुख्यमन्त्री सहितको टोली आज विहानै पोखरा फर्केको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.