www.tandavnews.com
Fact ~ In search of truth

काठमाण्डौंबाट मन्त्री मनाङ्गे भन्छन्ः मेरो दाबी भौतिक योजना तथा पूर्वाधार मन्त्रालय

पाेखरा / ताण्डव न्यूज

गण्डकी प्रदेशमा नेपाली कांग्रेसलगायतको गठबन्धनबाट जेठ २९ गते मन्त्रीको शपथ लिएका राजीव गुरुङ (दिपक मनाङ्गे)ले आफ्नो लाइन ‘क्लियर’ भएको बताएका छन् । यता मन्त्रालय बाँडफाँटमा गठबन्धन रुमल्लिरहेकाबेला काठमाण्डौं पुगेका मन्त्री मनाङ्गेले आफु भौतिक योजना तथा पूर्वाधारमन्त्री हुने दाबी गरेका छन् ।

मनाङ्गबाट स्वतन्त्र साँसद जितेकाले अहिले उनीहरुकै सेवामा जुटेको बताउँदै मनाङ्गेले भनेका छन् ‘यतिबेला मेरो क्षेत्र शोकमा छ, म मनाङ्ग जान हेलिकप्टरको व्यवस्था गर्दैछु ।’ राहत र उद्धारमा जुटिरहेको बताउँदै उनले भौतिक योजना मन्त्रालयको बागडोर सम्हाल्ने ठोकुवा गरे ।

Batas

हाल मन्त्री मनाङ्गे राहत र हेलिकप्टर जुटाउन व्यस्त रहेको बताउँदै उनका स्वकीय सचिव टीका भण्डारीले भने ‘उहाँको भौतिक योजना तथा पूर्वाधार मन्त्रालय कन्फर्म छ, अहिले उहाँ भोटर बचाउन दौडधुप गरिरहनु भएको छ ।’

यससँगै मनाङ्गे राजनीतिक भेटघाटमा व्यस्त रहेकोबारे प्रकाश पार्दै भण्डारीले भने ‘उहाँ कसैको पनि होइन, स्वतन्त्र भएको नाताले सबैसँग राम्रो सम्बन्ध छ ।’ यसअघि १० दिन खेलकुद मन्त्रालय सम्हालेका मनाङ्गेले अहिले कुनैपनि मन्त्रालयको नेतृत्व सम्हाल्न सक्ने भण्डारीको भनाई छ । यद्यपि, काम गर्ने मान्छेले काम गरेर देखाउने मन्त्रालय नै चाहेको उनले दाबी गरे । ‘

‘उहाँ विकासप्रेमी मान्छे हो, प्रदेशसभा बचाउँन गरेको योगदान अमूल्य छ’ स्वकीय सचिव भण्डारीले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.