www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै, विश्व स्वास्थ्य संगठन चिन्तित

– एजेन्सी

कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ ।

पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको जानकारी दिएको छ । डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको उल्लेख गर्दै अल्फा भेरियन्टभन्दा डेल्टा तीव्र गतिमा फैलेने गरेको पाइएको जनाएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.