www.tandavnews.com
Fact ~ In search of truth

भारतमा ९६.७५ प्रतिशत संक्रमणमुक्त

नयाँ दिल्ली ।

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या ५० हजारमा झरेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।

Batas

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनदेखि दैनिक सङ्क्रमितहरुको संख्या घट्दै गइरहेको छ ।
भारतमा पछिल्लो एक दिनमा ५७ हजार ९४४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुले भारतमा अहिले पाँच लाख ८६ हजार ४०३ जना अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । यो संख्या पनि घट्दै गएको देखिएको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये ९६.७५ प्रतिशत मानिस कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको तथ्यांक छ । कुल संक्रमित मध्ये अहिलेसम्म कुल दुई करोड ९२ लाख ५१ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये तीन लाख ९५ हजार ७५१ जनाको मृृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये १.९४ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामा रहेका छन् ।

भारतमा अहिलेसम्म ३२ करोड १७ लाख मानिसलाइ कोरोना भाइरसको खोप लगाइएको छ । ती मध्ये ६४ लाख २५ हजार खोप शनिबार एक दिनमा मात्रै लगाइएको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.