www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपती विरुद्ध मुद्धा हालेर देउवा लगायतले ईज्जत फाले : महान्याधिवक्ता

काठमाण्डौँ/ताण्डव न्यूज

राष्ट्रपतिविरुद्ध मुद्दा हालेर शेरबहादुर देउवालगायतका रिट निवेदकहरूले आफ्नो इज्जत फालेको महान्यायाधिवक्ता रमेश बडालले आरोप लगाएका छन् । देउवाले प्रधानमन्त्रीमा दावी गर्न बुझाएको लिखतकै वैधानिकतामाथि उनले प्रश्न गरेका छन् । बडाल प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै थिए ।

उनले भने ‘त्यो कागज देउवालाई प्रधानमन्त्री बनाउनकै लागि तयार गरिएको हो त ? कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । यो त मजाक हो । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ?’

Batas

राष्ट्रपतिले संविधान बमोजिम नै ७६ (५) को सरकार बन्ने सम्भावना नदेखेको भन्दै बडालले राष्ट्रपतिविरुद्ध मुद्दा दिने र आरोपित गर्ने निवेदक पक्षले आफ्नै बेइज्जत गरेको दावी गरे । ‘राष्ट्रपतिले उहाँहरुको इज्जत जोगाइदिएकै हो । राष्ट्रपतिलाई मनपरी गाली गरेर उहाँहरुले राष्ट्रपतिको मात्रै होइन आफ्नै बेइज्जत गर्नुभएको छ’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को ३ अनुसारको सरकार सञ्चालन गर्न नचाहेकै कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको भन्दै बडालले ७६ (५) को सरकार बन्न नसक्नुको दोष प्रधानमन्त्रीलाई दिन नमिल्ने बताए ।

‘राष्ट्रपतिले बहुमतको आधार हेर्ने हो । त्यस्तो आधार विवादास्पद वा शंकाजन्य भएमा अस्वीकार गर्ने छुट त हुन्छ नि’, बडालले भने । सोहीक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘राष्ट्रपतिले आधार हेर्ने वा सिद्धान्त ?’ भनी प्रश्न गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.