www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः कास्कीका ४०८ सहित ८५९ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा थपिएका संक्रमित सँगै प्रदेशमा हालसम्म कोराना संक्रमितको संख्या २९ हजार ४१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

आज थपिएका संक्रमितको कुल संख्याको झण्डै आधा संक्रमित कास्कीको रहेका छन् । निर्देशनालयले दिएको जानकारी अनुसार आज कास्कीमा ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमित मध्ये मनाङमा ५,म्याग्दीका ८४,पर्वतका २१, लमजुङका ७९,तनहुँका २३,बागलुङ ६२, स्याङ्जा ३५ र नवलपरासीका १४२ रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.