www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा काेभिड : पोखरा महानगरका ३ सहित ६ जनाको मृत्यु, थप ४ सय ३१ जनामा संक्रमण पुष्टि

पोखरा/ताण्डव न्यूज

पछिल्लो २४ घण्टाको अवधिमा गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।  संक्रमणकै कारण कास्कीका ३, गोरखा, नवलपुर, र बाग्लुङका १/१ जनाको ज्यान गएकोेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक मध्ये पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय पुरुष, पोखरा १३ की ६१ वर्षीया महिला, र वडा नं ११ का ५० वर्षीया महिलाको मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको हो । त्यस्तै बाग्लुङ नगरपालिका वडा नं ३ का ८५ वर्षका पुरुष र गोरखाको गण्डकी नगरपालिकाका पुरुषको होम आईसोलेशनमा मृत्यु भएको हो भने नवलपुरका ७१ वर्षीया महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयका संयोजक नवराज शर्माले जानकारी दिए । योसंगै प्रदेशभर कोरोना संक्रमण भएको अवस्थामै ज्यान गुमाउनेको संख्या ९४० पुगेको छ ।

Batas

यसैबीच गण्डकी प्रदेशमा आज ४ सय ३१ जना संक्रमित थपिएका छन् । प्रदेशका विभिन्न ५ वटा ल्यावहरुमा पीसिआर र एन्टीजेन विधिबाट १ हजार ४ सय ५८ जनाको स्वाब जाँच गर्दा उक्त संख्याका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्वतका १०९, कास्कीका ९२, नवलपुरका ८२, बाग्लु्ङका ५३, गोरखाका ४७ र म्याग्दीका १५ जना छन् । त्यस्तै स्याङ्जाका ३०, र लमजुङका ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सबै संक्रमितलाई आईसोलेशनमा व्यवस्थापन गरिएको शर्माले जानकारी दिए ।

पछिल्लो चौविस घण्टाकै अवधिमा प्रदेशमा रहेका संक्रमित मध्ये ४०८ जना संक्रमणमुक्त भएका छन् ।

योसंगै गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५५ हजार ४१ पुगेको छ भने ५१ हजार ३ सय ९५ जना निको भएका छन् । गण्डकी प्रदेशमा यतिबेला २ हजार ७ सय ६ जना सक्रिय संक्रमित छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.