www.tandavnews.com
Fact ~ In search of truth

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक बस्दै

काठमाण्डौँ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक आज बस्दैछ ।

हिजो बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटि ब्युँताउने निर्णय गरेसँगै त्यसलाई अनुमोदन गर्न आज बैठक बस्न लागेको हो । बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायतका ११ जनालाई भने बोलाइएको छैन । ११ जना बाहेक अरु नेतालालाई बैठकमा बोलाईएको भएपनि आफुहरु कोही पनि बैठकमा सहभागि नहुने नेता युवराज ज्ञवालीले जानकारी दिए ।

Batas

२०७५ जेठ २ गतेको कमिटी मात्र वैधानिक कमिटी भएकाले आफुहरु अवैधानिक कमिटीको बैठकमा सहभागि नहुने ज्ञवालीको तर्क छ । दशौं महाधिवशेन आयोजक कमिटीलाई सर्वोच्च अदालतले वैधता दिन अस्वीकार गरेपछि संस्थापन पक्षलाई पुरानै केन्द्रीय कमिटी ब्यँताउनुु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्न पटक पटक शिर्ष तहका नेताहरुबीच पहल हुँदा समेत समस्या समाधान हुन सकेको छैन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.