www.tandavnews.com
Fact ~ In search of truth

देशभर मनसुनी वायुको प्रभाव, अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा

पोखरा/ताण्डव न्यूज

हाल देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहेको छ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको हुनाले अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

खासगरी प्रदेश १, २ बाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Batas

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा उच्च वर्षा तथा एक वा दुई स्थानहरुमा अत्यधिक वर्षाको सम्भावना रहेको छ समेत महाशाखाले उल्लेख गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.