www.tandavnews.com
Fact ~ In search of truth

एमाले बैठक: नेपाल पक्षलाई गरिएको कारवाही फिर्ता

काठमाडौं /ताण्डव न्यूज ।

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथिको कारवाही फिर्ता लिएको छ । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कारवाही फिर्ता गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

ओलीले नेपाल समूहका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेका थिए । महाधिवेशन कमिटी भङ्ग भएसँगै कारवाही खारेज भएको ज्ञवालीको भनाई थियो ।

ओलीले चैत ७ गते गठन गरेको नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीलाई बैठकले खारेज गरेको छ । उक्त कमिटी खारेज भए पनि माओवादीबाट एमालेमा प्रवेश गरेका २३ जना नेतालाई भने केन्द्रीय कमिटीमा राखिएका छ ।

ज्ञवालीले माओवादीका नेतालाई समेटेर केन्द्रीय कमिटी बनाइएको र असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.