www.tandavnews.com
Fact ~ In search of truth

एमाले केन्द्रीय कमिटि बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

काठमाण्डौँ
ताण्डव न्यूज ।

नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आजका लागि बोलाइएको छ । एमाले संस्थापन समूहले आज बिहान ११ बजे केन्द्रीय कमिटि बैठक बोलाएको हो ।

संस्थापन समूहले असन्तुष्ट नेता माधवकुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षासहित बैठक बोलाएको भए पनि नेपाल समूहको हिजो बसेको बैठकले सहभागी नहुने निष्कर्ष निकालेको थियो । विधानविपरित बोलाइएका कारण आजको बैठकमा नजाने निर्णय भएको नेता भीम रावलले बताए ।

Batas

केन्द्रीय कमिटिको बैठक राखेको अघिल्लो साँझ हिजो एमाले अध्यक्ष केपी ओली र नेता नेपालबीच भने टेलिफोन कुराकानी भएको छ । दुवै नेताबीच आज पनि सकभर प्रत्यक्ष भेटवार्ता, नभए टेलिफोन कुराकानी जारी राख्ने सहमति बनेको नेताहरूले बताएका छन् ।

नेपाल समूहले आजको केन्द्रीय कमिटि बैठक स्थगित गरेर एकताका लागि संवादलाई निरन्तरता दिन भन्दै आएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.