www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा डक्टर र शिक्षक सहित प्रदेशमा थप ५ मा कोरोना संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

प्रदेशका तीन जिल्ला मनाङका २, पर्वतका २ र बागलुङका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

मनाङ निस्याङका र चामे का संक्रमित पुरुष एक जना शिक्षक र अर्का स्वास्थ्यकर्मी रहेका छन् । पर्वत फेवास वडा नम्बर ७ र ३ का पुरुषमा र बागलुङ वडा नम्बर ३ की एक महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९१३ पुगेको छ । प्रदेशमा संक्रिय संक्रमितको संख्या २६६ रहेको छ । निको हुनेको संख्या १६३९ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.