www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा पर्यटकका लागि चार पार्क

तनहुँ ।

डिभिजन वन कार्यालयले आर्थिक बर्ष ०७५÷७६ मा जिल्लामा चार पार्क र एक सामुदायिक वनको भवन निर्माण गरेको छ । आन्तरिक एवं बाह्य पर्यटक प्रर्वद्धनका लागि करीब पन्ध्र लाखका दरले ती आकर्षक पार्क र भवन निर्माण गरिएको हो ।

केन्द्रीय सरकारको सहयोगबाट जिल्लाको भानु नगरपालिका–४ मा भानु पार्क र गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दिपुर गाउँपालिका–१ मा शहीद स्मारक पार्क, भानु नगरपालिकामा ढाडफेदीमा ढाडफेदी पार्क, शुक्लागण्डकी नगरपालिका–२ मा शहीद स्मारक पार्क निर्माण गरिएको छ । यसैगरी भिमाद गाउँपालिका–९ स्थित ढुङदुम सामुदायिक वन उपभोक्ता समितिमा भवन निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

Batas

घरबास सञ्चालन गरिएका गाउँपालिका र नगरपालिकामा पार्क निर्माण गरेर आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने उद्देश्य रहेको उनको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.