www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले घर पुरिँदा गोरखामा एकै परिवारका दुई जनाको मृत्यु

गोरखा
ताण्डव न्यूज ।

पहिराले घर पुरिँदा एकै गोरखामा एकै परिवारका दुईजनाको ज्यान गएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिरोले घर पुरिँदा ८० वर्षीय रमन पाण्डे र उनकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले कार्यालय गोरखा जानकारी दिएको छ ।

पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिराबाट निकालिएको थियो।

Batas

इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो। घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.