www.tandavnews.com
Fact ~ In search of truth

मौसम अपडेट : देशभर मनसुनी गतिविधिको प्रभाव केही कम

पोखरा/ताण्डव न्यूज

देशभर मनसुनी गतिविधिको प्रभाव केही कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रभाव कम भए पनि आज धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

न्यून चापीय क्षेत्र केही तल सरेकाले मनसुनी गतिविधिको प्रभाव केही कम भएको र अझै दुई–तीन दिन यस्तै रहने मौसमविद विभूति पोखरेलले जानकारी दिए । आजको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

Batas

महाशाखाले जारी गरेको सूचनामा आज राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती र बबई जलाधारका केही साना सहायक नदीमा क्षणिक मध्यम÷भारी बर्षा भई बहाब केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.