www.tandavnews.com
Fact ~ In search of truth

मनाङका बाढीपिडितलाई ‘राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटी’को ओत

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिले मनाङका बाढिपिडितलाई आवासिय सहयोग गरेको छ । आज (सोमबार) मनाङ पुगेर कमिटिका पदाधिकारीहरुले पिडितलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

पुर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले युवा संघ गण्डकी कमिटिले जुटाएको सहयोग प्रशासनलाई हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दै अधिकारीले विपद्मा युवाहरुको भुमिका थप शसक्त गराउन सुझाए । राष्ट्र विकासमा युवाहरु भुमिका अतुलनिय रहेको बताउँदै उनले समाज र राष्ट्रपति सदैव उत्तरदायी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

Batas

कमिटिले २४५ वटा रंगिन जस्तापाता र १८ वटा घरका लागि आवासिय टेन्ट सहयोग गरेको राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक महेन्द्र गुरुङले जानकारी दिए । यसअघि पनि आवश्यकताका आधारमा विविध सहयोग गरेको उल्लेख गर्दै संयोजक गुरुङले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । अहिले आवासका सन्दर्भमा समस्या भएको गुनासो आएकाले छानोको व्यवस्था गरिएको उनको भनाई छ ।

संयोजक गुरुङले यस सहयोगमा साथ दिने पोखरा कवाडी संघ, हिमाल मुटु नेपाल र स्टोरी अफ नेपाललाई धन्यवाद दिए । करिब ९ लाख बराबरको सामाग्री नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्याइएको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.