www.tandavnews.com
Fact ~ In search of truth

एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

काठमाण्डौँ
ताण्डव न्यूज ।

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल ब्यूँतिएसँगै बैठक तथा छलफलहरूले तीव्रता पाएका छन् । बैठक आज पनि दिउँसो १ बजे सिहंदरबारमा बस्ने कार्यदलमा एमाले नेता माधवकुमार नेपाल पक्षबाट सहभागी नेता गोकर्ण बिष्टले जानकारी दिए ।

कार्यदलको बैठक हिजो साँझ बसेको थियो र सकारात्मक भएको पनि नेता बिष्टले बताए । एमाले विवाद चर्किँदै गएपछि कार्यदल निस्क्रिय भएको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरूलाई काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन हिजोसम्मको समयसीमा तोकेका थिए । तर हस्ताक्षर फिर्ता नभएपछि ओली र नेपाल पक्षबीच कार्यदलमार्फत विवाद समाधानको प्रयास गर्ने सहमति बनेको हो । कार्यदलले दुवै पक्षबाट जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदालाई अन्तिम रुप दिने तयारी पनि गरेको छ ।

Batas

कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक, सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.