www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–२१ः गैरकानूनी ब्लक उद्योग अझै हटेन

पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका वडा नं २१को गत चैत ६ गते विहान ९ बजे बसेको बैठकले दोबिल्लामा सञ्चालित सम्झना ब्लक उद्योग हटाउने निर्णय गर्यो । तत्कालिन वडाध्यक्ष खगराज आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त ब्लक उद्योगलाई गैरकानूनी ठहर्दै हटाउने निर्णय गरेको थियो ।

‘पोखरा महानगरपालिका २१ दोबिल्लामा गैरकानूनी रुपमा लामो समय देखि सोही वडा निवासी भरत रायमाझी र निजको परिवारले मापदण्ड विपरित फुस्रेखोलाको दोबिल्ला भन्ने स्थानमा सम्झना ब्लक उद्योग विगत देखि सञ्चालन गरिहेकोमा उक्त ब्लक उद्योग यस वडामा दर्ता अभिलेख पनि नभएको हुदाँ हटाउनको लागि पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा पत्रचार गर्दा पनि हालका मिति सम्म उक्त उद्योगलाई कारवाही नभएको हुदाँ पुनः मापदण्ड विपरितको सम्झना ब्लक उद्याोगलाई हटाउनको लागि पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पत्रचार गर्ने सर्वसम्मत निर्णय गरियो’,निर्णयमा भनिएको छ ।

निर्णय भएको लामो समय भइसक्दा पनि अझै कार्यान्वयन हुन सकेको छैन । तत्कालिन वडाध्यक्ष आचार्यले महानगर र प्रशासनको लाचारताले कारवाही हुन नसकेको बताए ।

Batas

वडाको उक्त निर्णयलाई लिएर आफूलाई ज्यान मार्ने धम्किसमेत आएको जनाउँदै आचार्यले भने‘यो निर्णय भएपछि मलाई ज्यान मार्ने धम्कि समेत आयो । हामीले सिधै कारवाही गर्ने मिलेन । महानगर र प्रशासनलाई जानकारी गराएकै हो । प्रशासन र महानगरकै पावरमा उद्योगलाई कारवाही भएन ।’

अहिले पोखरा २१का वडाध्यक्ष दिपक सुवेदी हुन् । वडाध्यक्ष सुवेदीले निर्णय कार्यान्वयनका लागि पहल गर्ने बताए । तण्डव न्यूजसँग कुरा गर्दे उनले भने,‘यस बारे जानकारी पाएको छु,छिट्टै स्थलगत अवलोकनमा जान्छु । अवलोकनपछि कारवाही बारे पहल थाल्ने छु ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.