www.tandavnews.com
Fact ~ In search of truth

लमजुङ कारागारमा थुनुवा महिलाको शव भेटियो

लमजुङ
ताण्डव न्यूज ।

लमजुङ कारागारमा एक जना थुनुवा महिलाको शव फेला परेको छ ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि लमजुङ कारागारमा रहेका दूधपोखरी गाउँपालिका ३, फुलिङगिरीकी ४८ वर्षका फूलमाया विक शुक्रबार बिहान करिब साढे ४ बजेतिर झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेको जिल्ला कारागार लमजुङका जेलर तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जगदिश मिश्रले जानकारी दिए । महिलाको शव शौचालयमा तन्नाले बाँधेर झुण्डिएको अवस्थामा भेटिएको पनि उनले बताए ।

Batas

कारागारमा ८९ जना कैदीबन्दी रहेका छन् । ती मध्ये १० जना महिला कैदीबन्दी छन् । उनीहरु हरेक दिनजसो रमाईलोका लागि नाचगान गर्ने गर्थे ।

विहीबार राति १२ बजेसम्म नाचगान गरेर उनीहरु सुतेको र हिजो बिहान ती महिलाको शव फेला परेको जेलर मिश्रले बताउनुभयो । प्रहरीका अनुसार वैशाख २४ गतेदेखि पुर्पक्षको लागि उनी थुनामा थिइन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.