www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीमा देउवाको नियुक्ति र शपथको यस्तो छ तयारी

काठमाण्डौँ/ताण्डव न्यूज

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आजै प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने भएकी छिन् ।

सर्वोच्च अदालतबाट हिजो भएको फैसलाको पूर्णपाठ राष्ट्रपति कार्यालयमा साँझ पुगेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको फैसला प्राप्त भएपछि के कसरी अघि बढ्ने भन्ने बारेमा तयारी भइरहेको छ । शीतलनिवास स्रोतका अनुसार आज साँझ ५ बजेभित्रै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ ।

Batas

काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका विपक्षी गठबन्धनले पनि देउवाको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय हिजो गरेको छ । राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलका अनुसार आज कसरी सरकारमा जाने भन्ने बारेमा विपक्षी गठबन्धनबीच छलफल हुनेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.