www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि गण्डकी लगायतका प्रदेशमा खोप अभियान नियमित

पोखरा/ताण्डव न्यूज

सरकारले आजदेखि खोप अभियानलाई नियमित गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार खोप उपलब्धताका आधारमा आजदेखि गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको निर्णय अनुसार चीनले उपलब्ध गराएको भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई लगाइने छ ।

Batas

यसपटक सरकारले विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई खोप लगाउने भएको छ ।

यस्तै अमेरिकाले उपलब्ध गराएको ज्यानसिन खोपको हकमा पनि सरकारले उमेर समूह लगायतको मापदण्ड तोकेको छ । जसमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थिहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु (यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका) लाई पनि खोप लगाइने छ ।

सरकारले प्राथमिकतामा भित्र मात्र रही जिल्ला कोभिड खोप समन्वय र अनुगमन समितिको निर्णय अनुसार खोप प्रदान गर्न र अन्यथा भएमा प्रचलित कानूनबमोजिम हुने पनि बताएको छ । यस्तै खोप दिने र लिने आधारपनि सरकारले निर्धारण गरेको छ । खोप लगाउन जाँदा परिचय खुल्ने परिचयपत्र लिएर जान पनि सरकारले आग्रह गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.