www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा खोप : पोखरेलीले आज पनि लगाउन नपाउने भए ‘जोन्सनको डोज’

जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज

नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ । यो खोप एक पटक मात्रै लगाए पुग्ने छ । आजदेखि पर्सिसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिम खड्काले ताण्डव न्यूजलाई जानकारी दिए । “मन्त्रालयबाट खोप लगाउन निर्देशन आईसकेको छ, तोकिएको प्रोटोकल अनुसार गण्डकीमा जोन्सनको खोप लगाईनेछ ” उनले भने ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिने मापदण्ड बनेको छ ।

Batas

यसैबीच हिजो अचानक स्थगति भएको खोप कार्यक्रम पोखरामा भने आजपनि सूचारु नहुने भएको छ । तोकिएको मापदण्डभित्र मात्र रहेर खोप लगाउँदा विवाद आउनसक्ने भन्दै खोप कार्यक्रम निरन्तर गर्न नसकिएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए । “तोकिएको ५० देखि ५४ वर्ष उमेर समूह र यसअघि छुटेकालाई खोप लगाउने भनिएको छ, यसको मापदण्डमा थप प्रष्ट हुन छलफल गर्नुपर्ने भएकाले आज खोप लगाईन्न” उनले भने । पौडेलले आज महानगरका सबै वडा अध्यक्षहरुसंग थप छलफल र परामर्श पछि खोप लगाउने बारे निर्णय हुने बताए । यसअघि हिजो खोप केन्द्रसम्म पुगेका नागरिकहरु बीचमै खोप कार्यक्रम स्थगित भएपछि निरास हुँदै फर्कन बाध्य भएका थिए ।

पोखरा महानगर बाहेक गण्डकीका सबै क्षेत्रमा खोप कार्यक्रम सञ्चालन हुने छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.