www.tandavnews.com
Fact ~ In search of truth

मौसम पूर्वानुमान : आज पनि गण्डकी सहितका अधिकांश स्थानमा वर्षाको सम्भावना

पोखरा/ताण्डव न्यूज

आज पनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान आगामी तिनदिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले अहिले पनि देशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाकोसमेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । आज राति पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले बाढी–पहिरोलगायत विपत्तिबाट बच्न जोखिम क्षेत्रका बासिन्दाका लागि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गर्दै सुरक्षित र सतर्क रहन भनेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.