www.tandavnews.com
Fact ~ In search of truth

जसपा विवाद बारेको बहस आज टुङ्ग्याउने निर्वाचन आयोगको तयारी

काठमाण्डौँ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधानका लागि सुरु गरेको इजलासको बहस आज सक्ने तयारी गरेको छ ।

गत आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको र त्यसैका आधारमा आज बहस हुने आयोगले जनाएको छ । दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिने तयारी आयोगको छ । जसपाको विवाद निरुपणका लागि आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.