www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यलाई कागजातसहित बोलायो

काठमाडौँ ।

निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थिन हुन आग्रह गरेको छ ।

Batas

जसपा नेपालको आधिकारिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुवै पक्षको दाबी बहस आजै सकिएको हो । आयोगको इजलासमा पार्टीको आधिकारिकता माथि दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर पक्षबाट आठ जना र उपेन्द्र यादव पक्षबाट छ जनाले बहस गरेका थिए ।

पार्टीको आधिकारिकता दाबी गर्दै जसपाको अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताको दाबी गर्दै आएका छन् ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.