www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका नवनियुक्त ६ मन्त्रिहरुले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रिहरुले शपथ लिएका छन् । आज (शुक्रबार) प्रदेश प्रमुख सिताकुमारी पौडेलले नवनियुक्त ६ मन्त्रिहरुलाई शपथ गराएकी हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सफिरिसमा माओवादी केन्द्रका तर्फबाट सांसद रामजी बराललाई अर्थ , चन्द्र बहादुर बुढालाई भूमी स्वास्थ्य, कृषि, सहकारी तथा गरिवी निवारण र दिपक थापालाई वन वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Batas

यस्तै काँग्रेसका तर्फबाट सांसद मणिभद्र शर्मालाई पर्यटन,उद्योग,वाणिज्य तथा आपूर्ति, मेखलाल श्रेष्ठलाई शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास र विन्दु कुमार थापालाई कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

आज ६ मन्त्रिहरुको शपथसँगै मुख्यमन्त्रीसहित गण्डकी सरकारको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.