www.tandavnews.com
Fact ~ In search of truth

लुम्बिनी बैकका कर्मचारी अमृत बलात्कारको आरोपमा पक्राउ

पोखरा,

ताण्डव न्यूज ।

लुम्बिनी विकास बैक पोखरा न्यूरोडका कर्मचारी अमृत पन्तलाई बलात्कार गरेको आरोपमा वडा प्रहरी कार्यलय वैदामले पक्राउ गरेका छ ।

Batas

पन्तले सोमबार राती करिब ११ः३० बजेतिर एक ६० वर्षीया महिलालाई बगालेटोलमा सडक छेउमा बलात्कार गरेको आरोप लागेको हो । प्रहरी स्रोतका अनुसार पन्तलाई रंगेहात फेला पारिएको हो । ‘उनी महिला माथि उक्लिएको अवस्थामा भेटिएको हो,’ स्रोतले भन्यो, ‘जुन कुरा भिडियो रेकर्ड पनि छ ।’

पन्तलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले बताए । ‘त्यस्तै अवस्थामा फेला परेका थिए,’ उनले भने, ‘थप अनुसन्धानको लागि मेडिकल टेस्ट गर्न पठाएका छौ ।’ पन्त मदिराले मातिएको अवस्थामा रहेको कार्कीको भनाई छ ।

अमृतले किन त्यस्तो गरे होलान् ?

बागलुङ मुल पानी घर भएका अमृत पन्त लुम्बिनी विकास बैक पोखरा न्यूरोडमा एसिस्टेन्ट पदमा कार्यरत कर्मचारी हुन् । श्रीमती छोरीसहित उनी हाल पोखरा–५ पस्र्याङमा बस्छन् ।

अति इमान्दार कसैसँग धेरै नबोल्ने अमृतले ले किन त्यस्तो गरे भन्नेमा बैकका कर्मचारीहरु अचम्ममा परेका छन् । ‘त्यस्तो खाल्के मान्छे होइन अमृत,’ एक बैक स्रोतले भन्यो, ‘सायद रक्सीले मातेरै होला । वैँकमा पनि एकदम राम्रोसँग काम गर्ने कसैसँग धेरै नबोल्ने असल स्वभावका थिए । माछा मासु नखाने मान्छे किन त्यस्तो गरे होलान् ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.