www.tandavnews.com
Fact ~ In search of truth

‘पर्वते राजा’ लिएर आए आरसी

पोखरा,
ताण्डव न्युज ।

युवा व्यवसायी तथा कलाकार रामचन्द्र पौडेल (आरसी) को पञ्चेबाजाको गीत सार्वजानिक भएको छ ।

असारको महिनामा सार्वजानिक गरिएको ‘पर्वते राजा’ नाम गीतमा आरसी पौडेल र सम्झना भण्डारीको स्वर रहेको छ । गीतमा पर्वत, पोखरा, लमजुङका पर्यटकीय गन्तव्यलाई समेटिएको छ ।

Batas

जस्तो कि, ः खुदी बजार लमजुङकी नानी, पर्वत घुम्न जानी कि नजानी ।। दुर्लुङ घुम्न जाउँ, म जन्मेको ठाउँ सानु दुर्लुङ घुम्न जाउँ, हाम्लाई पोखरा पाईपर्छ त्यतै भेटम आउ ।।

गीतमा तेजश रेग्मीले शब्द लेखेका छन भने विमलराज क्षेत्रीको लय संकलन गरेको छ । एस थ्रि इन्टरटेडम्यान्टद्धारा बजारमा आएको गितमा आशिष अविरलको संगीत संयोजन रहेको छ । गीतको भिडियामा अर्जुन थापा, नारायण सुवेदी, आरसी पौडेल, पूजा पौडेल, शिल्पा कार्की, बिनु कार्की लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन बिशाल लोहनीले गरेका छन् भने छायांकन किसान बिसीको रहेको छ । भिडियोमा पर्वत र म्याग्दीका रमणीय दृश्यलाई गजबसँग उतारिएको छ । राष्ट्रिय लोकदोहारी गित प्रतिष्ठान पर्वतका निवर्तमान अध्यक्ष रहेका पौडेलले गीतबाट आशावादी रहेको बताए । उनले गीतबाट मनोरञ्जनमात्र नभई पर्यटन विकासमा पनि टेवा पुग्ने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.