पोखरा, ताण्डव न्यूज
पोखरा, विकासविद् तथा सकारात्मक सोँच विस्तारका लागि सक्रिय डा आरसी लामिछानेले आफ्नै शब्दमा ‘हामी सबैले सक्दछौँ’ बोलको उत्प्रेरक गीत सार्वजनिक गरेका छन् ।
सबैलाई सफल जीवनमा लाग्न उत्प्रेरणा दिदैँ जीवनमा हामी सबैले केही न केही सफल काम गर्न सक्छौँ भन्ने भाव गीतले बोकेको छ । सामुदायिक रेडियो प्रसारक संघ ‘अकोराब’ नेपालका पूर्व कार्यकारी निर्देशकसमेत रहेका लामिछानेले लेखेको गीतमा गायक एवं संगीतकार नरहरी प्रेमी र गायिका काब्य आचार्यले स्वर दिएका छन् भने लक्षुप्रकाश मल्लले संगीत संयोजन गरेका छन् ।

मानिसमा भएको निराशा र नकारात्मक सोँचलाई हटाउन सके संसारै उज्यालो बनाउन सकिने सन्देशसहितको यो गीत विभिन्न सकारात्मक सोँच जगाउन आयोजना गरिने तालिमका लागि पनि प्रभावकारी हुने विश्वास लामिछानेले व्यक्त गरे । करिब १७ वर्षदेखि प्रशंसनीय खोज सम्बन्धी तालिम दिँदै आएका लामिछानेले केस वेस्टन विश्वविद्यालयबाट प्रशंसनीय खोजमा अध्ययन पनि गरेका छन् ।
नेपालमा मात्रै होइन चीन, भारत, बंगालादेश, फिलिपिन्स लगायतका देशहरूमा प्रशिक्षकको रुपमा उनले सकारात्मक सोँच र प्रशंसनीय खोजसम्बन्धी तालिम सञ्चालन गरेका छन् । लामिछाने हाल पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत छन् ।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.