www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ महोत्सवको आम्दानी मानव सेवा आश्रमलाई

बागलुङ ।

बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई बागलुङ उद्योग वाणिज्य संघले लाख सहयोग प्रदान गरेको छ । आश्रमले सडक बालबालिका, अनाथ, असाहय तथा उपेक्षामा परेका व्यक्तिको संरक्षण गर्दै आएको छ ।

महोत्सव अवलोकन गर्न आएका दर्शकले खरीद गरेका टिकटबाट उठेको रकमबाट आश्रमलाई सहयोग गरिएको संघका महासचिव नरेश कँडेलले जानकारी दिए ‘महोत्सवमा आम्दानी भएको रकमले उद्योग वाणिज्य संघले सामाजिक परोपकारी काम गर्ने उद्देश्यसमेत राख्दै आएका छौँ’, उनले भने, ‘बेसहाराको सहारा बनेको आश्रमलाई सहयोगले राहत मिल्नेछ ।’

Batas

महोत्सव अवधिभर आश्रमका सहयोगी तथा सुभेच्छुकले टिकट बिक्री गर्नमा महोत्सव आयोजकलाई सहयोग गरेको मानव सेवाका अभियन्ता सुमिरा लामाले जानकारी दिए । महोत्सव अवलोकनका लागि साधारण प्रतिटिकट ८० र विद्यार्थीका लागि ५० राखिएको थियो ।

बागलुङ नगरपालिका–३ मा तीन वर्षदेखि आश्रम सञ्चालन हुँदै आएको छ । संघका अध्यक्ष युवराज राजभण्डारीले महोत्सवको आम्दानीबाट धवलागिरी बहुमुखी क्याम्पसमा पाँच लाखको शैक्षिक अक्षयकोष स्थापना, पाँच लाखको शैक्षिक सामग्री, क्याम्पस प्रांगणमा सौर्यबत्ती जडान, दुई लाखको आर्थिक पत्रकारिता पुरस्कार स्थापना तथा बागलुङ बजारका सिसी क्यामेराको मर्मत गर्ने योजना रहेको जानकारी दिए ।

महोत्सव अवधिभर करीब ४० लाख बराबरको टिकट बिक्री भएको टिकट संयोजक दीपक हमालले जानकारी दिए । यही पुस ११ गतेदेखि २१ गतेसम्म बागलुङ महोत्सव–२०७६ सञ्चालन भएको थियो । अहिले आश्रममा ज्येष्ठ नागरिक, महिला, बालबालिका गरेर ५० जनाले आश्रय लिएर बसिरहेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.