www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यमा क्रमिक सुधार

पाेखरा ।

मस्तिष्क घात भएर उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी आज डिस्चार्ज भएका छन् । १९ दिनअघि अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएका उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जिसीका प्रेस संयोजक माधव बरालले उनको स्वास्थ्यमा देखिएकाे क्रमिक सुधारले सबैलाई आशा र भराेसा जगाएकाे उल्लेख गरेका छन् । बरालले फेसबुकमा लेखेका छन्- “आशा छ, उहाँ निकट भविष्यमा नै पाेखरेली जनताकाे सेवामा पुन: सक्रिय हुनुहुनेछ । अहिले उहाँ चिकित्सकीय निगरानीमा उहाँको छाेरीकाे घर काठमाडौंस्थित बुढानीलकण्ठमा हुनुहुन्छ । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अझै २ हप्ता भेटघाटकाे लागि कष्ट नगर्न सबैमा सविनय अनुराेध छ ।”

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.