www.tandavnews.com
Fact ~ In search of truth

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक किलोग्राम ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

Batas

व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले सालकको खपटा झोलामा बोकेर बेचबिखन गर्न हिँडिरहेको अवस्थामा बालाजुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.