www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाण्डौँ/ताण्डव न्यूज

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले वेबसाइटमार्फत वा मोबाइलबाट सम्पर्कमा आउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले एक सूचना निकाल्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन दर्ता सुरु गरेको जनाएको छ ।

दर्ताका लागि अफगानिस्तानमा रहेका नेपाली वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा विवरण दर्ता गराउन सक्नेछन् । उद्धारका लागि +९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न पनि मन्त्रालयले भनेको छ ।

Batas

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगतथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले सम्बन्धित मुलुक र निकायमा पत्राचार पनि गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.