www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ : प्रधानमन्त्री देउवा

काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिएका छन् । उनले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताएका छन् ।

Batas

अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् ।

सासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.