www.tandavnews.com
Fact ~ In search of truth

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने

काठमाण्डौँ ।

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो ।

नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट दुई दिनमा १६ लाख डोज खोप आउनेछ । बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ ।

Batas

यस्तै, जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने महाशाखाले जनाएको छ। नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.