www.tandavnews.com
Fact ~ In search of truth

कम्युनिस्टको एकता नै अहिलेको आवश्यकताः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इमान्दार कम्युनिस्टको एकता अहिलको आवश्यकता भएको बताएका छन् ।

सहीद रामवृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुुुनर्निर्माण गर्ने संकल्प गरेको बताए ।

माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिंदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैं आत्मसमीक्षा गर्ने, संकल्प गर्ने आवश्यकता रहेकोमा उनले जोड दिएका छन् । उनी थप्छन्, ‘हामी सबै पद, प्रतिष्ठामा ध्यान दिने व्यक्तिवादी भएका छौं, यसमा समीक्षा गनुपर्ने भएको छ, विचार, सिद्धान्त र वर्गप्रति समर्पित हुनु अहिलेको आवश्यकता हो ।’

Batas

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिस्कृत गर्ने, महाविशेनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको जानकारी दिए । उनले थपे, ‘हामीले आफ्नो औचित्य सिद्ध गर्न सकेनौं भने विघटन र विसर्जनको भुमरीमा पर्ने सम्भावना छ, तर हामी त्यस्तो हुन दिने छैनौं, सहीदहरुको योगदानको बलमा अन्तिम समयसम्म हामी लड्नेछौं ।’

उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको झण्डा र राष्ट्रिय एकताको झण्डा उठाउने संकल्प आफूहरुले गरेको जनाउँदै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्दै, सबै खाले टुटफुटविरुद्ध उत्रिन आवश्यक रहेकामा जोड दिए ।

कम्युनिस्ट पार्टीभित्रै विभिन्न नकारात्मक प्रवृत्ति रहेको उल्लेख गर्दै उनले भने, ‘सम्पूर्ण उपलब्धिलाई धराशयी पार्ने प्रवृत्ति कम्युनिस्ट पार्टीभित्रबाट देखाप¥यो, त्यसलाई हामीले प्रतिगमन भन्यौं, त्यो प्रतिगमन अहिलेलाई पराजित भएको छ, हामीले त्यसकाविरुद्ध निर्मम ढंगले संघर्ष र विद्रोह गर्नुपर्ने स्थिति देख्यौं र विद्रोह गर्यौं ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले सहीद रामवृक्ष यादवको स्मरण गर्दै यादव विचारमा प्रस्ट, सिद्धान्तमा निष्ठावान्, आन्दोलनमा समर्पित, सबैसँग मिलनसार, मृदुभाषी, बहुआयामिक व्यक्तित्व रहेको बताए । तराई, मधेसको सर्वमान्य नेताका रुपमा स्थापित हुँदै अघि बढेका यादवको जनयुद्धको तयारीका क्रममा हत्या भएको र त्यसबेला पार्टीलाई ठूलो क्षति पुगेको उनीले जानकारी दिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहीद यादवको व्यक्तित्वको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनमा उनको योगदान सदा स्मरणीय रहने बताएका थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.