www.tandavnews.com
Fact ~ In search of truth

पुस्तक संवाद :सरुभक्तकाे बेस्ट पुस्तक ‘महाभारत’

पाेखरा।

कथा, कविता, नाटक आदिमा कलम चलाउदै साहित्यमा लागेका सरुभक्तका दर्जनौं कृतिहरु प्रकाशित छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका सरुभक्तद्धारा लिखित लेख रचनाहरु विभिन्न कोर्षमा पनि समावेश गरिएको छ । साहित्यलाई शाब्दिक कलाको रुपमा परिभाषित गर्ने सरुभक्तसँग गरेको पुस्तक संवाद : 

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

Batas

मेरो मुख्य अभिरुचीको विषय भनेको साहित्य नै हो । साहित्य, दर्शन, इतिहास, विज्ञान र संस्कृति बढी पढिने विषयवस्तु हुन् । दर्शनको बारेमा बेलाबेलामा जानकारी लिइराख्छु । अर्को अहिले बैज्ञानिक युग भएकोले विज्ञानको विकासको बारेमा नयाँ खोजको बारेमा पाएसम्म पढ्ने गरेको छु । त्यसबाहेक, विश्वको इतिहास, संस्कृतिसँग सम्बद्ध पुस्तक पढ्ने गर्छु ।

अहिले कुन पुस्तक पढ्दैहुनुहुन्छ ?

अहिले युभल नो हरारीको ‘स्यापिन्स..’ पुस्तक पढ्दैछु । यो विश्व प्रसिद्ध पुस्तक अन्तर्गत नै पर्छ । मानवजातिको बैज्ञानिक नाम होमो स्यापिन्स, उनको पुस्तकको नाम अझै लामो छ । मानवजातिको इतिहास भनेर उल्लेख गरिएको छ । हरारीको अरु किताव पनि पढ्दैछु । अर्को हारुती मुराकानी विश्वप्रसिद्ध जापानिज उपन्यासकारले लेखेको ग्राफिक्स नोभलको रुपमा ‘द स्पाइन्स लाइब्रेरी’ पढेको राम्रो लाग्यो । यसबाहेक नेपाली साहित्यका पुस्तकहरुमा भर्खरै सरस्वती प्रतीक्षाको ‘नथिया’ नारायण ढकालको ‘हजार माइलको बाटो’ पढेको छु ।

पुस्तकले जीवन परिवर्तन हुन्छ जस्तो लाग्छ ?

वास्तवमा असल, प्रेरणदायी र जीवनको बारेमा लेखेका गहन पुस्तकहरु अध्ययन गर्न पाइयो भने निश्चय पनि जीवन परिवर्तन गर्न सघाउ पु¥याउँछ । कसैको जीवन परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा त्यो व्यक्तिको गहनशीलतामा पनि भर पर्छ । वाइबल पढ्न दिएर केही ग्रहणनै गर्न सकेन भने व्यक्तिको कमजोरी हो पुस्तकको हुँदैन् । असल पुस्तकले प्रेरणाप्रदान गर्छ र जीवनलाई एउटा सकरात्मक रुपले बाँच्न सिकाउँछ । असल किसाब छानेर पढ्न पनि जान्नुपर्छ र ती पुस्तकबाट केही न केही ग्रहण गर्न पनि सक्नुपर्छ ।

तपाईलाई मन परेका पुस्तक ?

मैले सर्वश्रेष्ठ मानेको पुस्तक भनेको ‘महाभारत’ हो । यो पुस्तक बालककालदेखि नै पढ्ने र सुन्न अवसर प्राप्त गरे । महाभारत विश्वकै सर्वोश्रेष्ठ साहित्य हो जस्तो लाग्छ । मेरो लागि महाभारत नै बेस्ट पुस्तक हो । त्यसमा दर्शनको पनि ग्रहण गर्न पाइन्छ । त्यसबाहेक साहित्य पुस्तकहरु धेरै छन् । धार्मिक पुस्तकको नाम लिनुपर्दा बुद्धको ‘धम्मपद’, ‘वाइवल ।’ साहित्यमा सेक्सपियरका नाटकहरु, वान हन्ड्रेड एयर अर्फ सोलिच्युड’ मन पर्छ । नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, भूपी शेरचनको ‘घुम्ने मेंचमाथि अन्धो मान्छे’, पारिजातको ‘शिरिषको फूल’ जस्ता अजम्बरी कृतिहरु हुन् जुन जहिले पढेपनि मिठो, राम्रो लाग्छ ।

मन नपरेका पुस्तक पनि होलान् नि ?

विश्वको पुस्तकको बजारमा राम्रा नराम्रा, प्रेरणा दिन, अत्तोसाही दिने खालका पनि लेख्छन् । सबै लेखकहरुमा उत्कृष्ट साहित्य हुँदैन्, नैतिकता पनि हुँदैन् । कोही साहित्यले समाजको विकास उन्नतीको लागि चिन्तन गरेर लेख्ने हुन्छन्, कोही पैसामा लाग्ने र यो कुरा विक्छ त्यो कुरा बिक्छ भन्ने बजारको अवस्था हेरेर सस्तो साहित्य लेख्ने पनि छन् । पैसा कमाउनको लागि लेख्ने समाजको प्रतिबद्धता नमान्ने पनि छन् ।

तपाईले उपहार दिँदा कस्तो पुस्तक दिने गर्नुहुन्छ ?

पुस्तक एउटा राम्रो उपहार हो जस्तो लाग्छ । उपहार दिँदाखेरी राम्रा र सकेसम्म प्रेरणादायी दिन पर्छ । जस्ले उक्त पुस्तक पढेपछि केही न केही ज्ञान प्राप्त होस् । बेकारमा पुस्तक पढेछु भन्ने नलागोस् । त्यस्ता पुस्तक छानेर दिने गर्छु । उपहार पुस्तक दिँदा पनि विचार पु¥याएर दिनुपर्छ ।

पुस्तक किन पढ्ने ?

पुस्तक पढ्नु भनेको आफैलाई पढ्नु हो । आफ्नो समाज, देश, विश्वलाई पढ्नु हो । मान्छे भनेको चेतनशील प्राणी हो र त्यही चेतन विकास गर्नको लागि, हार्दिकताको विकासको लागि पुस्तक पढ्नी हो । पुस्तकबाट प्रेरणा प्राप्त गर्ने हो जस्तो लाग्छ । संसारको जुनसुकै कार्यक्षेत्रमा लागेपनि आफ्नो बौद्धिक उन्नतीको लागि पुस्तक पढ्नी हो । जसले पुस्तकसँग आत्मसाथ गर्दै मित्रता गाँस्छ उसले धेरै कुराहरु प्राप्त गर्छ ।

प्रस्तुति :सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.