www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः लागूऔषधसहित ३ जना पक्राउ

ताण्डव

कास्कीमा लागूऔषध कारोबार गर्ने ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा कास्की प्रहरीले चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पोखरा महागनरपालिका वडा नं. १५ मितेरी पुल स्थितमा चेकजाँच गर्दा अर्जुन नेपाली र वडा नं. ९ शिवटोल बस्ने लोकबहादुर श्रेष्ठ र विष्णु गुरुङ श्रेष्ठको घरको कोठाबाट डाइजेपाम २८२, फेनरागन २८२ र नुर्फिन २८२ एम्पुल गरी जम्मा ८ सय ४६ एम्पुल लागूऔषधसहित उनीहरुलाई भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

Batas

साथै उनीहरुबाट सुनजस्तो देखिने ‘वान-केआइएलओ ९९९.९ फाइन गोल्ड’ लेखिएको पहेंलो धातु १ थान, पेस्तोल जस्तो देखिने ग्याँस लाइटर थान १, मोबाइल सेट थान ३ थान र नगद रु. ३ लाख ४१ हजार ६ सय ४० बरामद गरिएको छ । उनीहरुलाई लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १२ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

पक्राउमा पर्नेमा कास्की रूपा गाउँपालिका वडा नं. ५ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ शिवटोल डेरा गरी बस्ने वर्ष ३७ को लोकबहादुर श्रेष्ठ, वर्ष ३२ की विष्णु गुरुङ श्रेष्ठ र पामे घर भई हाल घारीपाटन बस्ने वर्ष २७ को अर्जुन नेपाली रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.